Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार देशभर थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १६ : २७ मा प्रकाशित

बुधबार देशभर थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार, काठमाडौं - बुधबार देशभर थप एक हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा  ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८२ हजार ७ सय ८० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १० रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २५९ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको