Like us!
Follow us!
Connect us!
Watch us!

३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १४ : २५ मा प्रकाशित

३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २८ दिनकाे अवधिकाे लागि ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।  यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । 

यसैगरी, निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।  यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fb628c74b596.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको