Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिंगका सेयरधनीकाे सम्पत्ती १९ दिनमै दाेब्बर

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : १० मा प्रकाशित

साल्ट ट्रेडिंगका सेयरधनीकाे सम्पत्ती १९ दिनमै दाेब्बर

अर्थ संसार, काठमाडौं - साल्ट ट्रेडिंग कम्पनीका सेयरधनीकाे सम्पत्ती १९ दिनमा दाेब्बर भएकाे छ । नाेभेम्बर १ तारिकमा प्रतिकित्ता ३६५० मा राेबार भएकाे उक्त कम्पनीकाे सेयर १९ तारिकमा बिहीबार बढेर ७२४२ रूपैयाँ प्रतिकित्तामा काराेबार भएर बन्द भएकाे छ । 
त्यसकाे तीन दिनसम्म लगातार बढेर ३८९० पुगेकाे सेयर मूल्य चाैथाे दिन दुइ रूपैयाँ घटेर ३८८८ मा बन्द भयाे । त्यसपछि लगातार साल्ट ट्रेडिंग कम्पनीकाे सेयर मूल्य सर्किट लाग्ने गरी बढेकाे छ । उसै पनि महंगाे मूल्यकाे सेयर त्यसमाथि लगातार ८ दिनसम्म सर्किट लागेकाे सम्भवत यही कम्पनीकाे सेयर हाे ।  

साल्ट ट्रेडिंगकाे १५ कराेड ३४ लाख ९१ हजार ७ सय ४४ रूपैयाँ बराबरकाे १५ लाख ३५ हजार ४ सय १८ कित्ता सेयर नेप्सेमा सूचिकृत छ । कम्पनीकाे बिहीबार पनि २ हजार ७ सय ८७ कित्ता मात्र सेयर काराेबार भएकाे छ । यसकाे अर्थ मूल्य बढे पनि सेयर बेच्नेहरू धेरै छैनन् । कम्पनीकाे सेयर गएकाे ५२ हप्तामा ६ गुणाभन्दा बढी बढेकाे छ । यस अबधिमा काराेबार भएकाे सबैभन्दा न्युन मूल्य ११५९ रूपैयाँ थियाे । १५ कराेडकाे कम्पनीकाे बजार पूँजीकरण ११ अर्व ११ कराेड ९४ लाख ९७ हजार १५६ पुगेकाे छ । 
साल्ट ट्रेडिंग कम्पनीकाे सेयरमा यतिधेरै प्रभाव पार्ने कुनै सूचना बाहिरिएकाे छैन । बजारका विज्ञहरू सेयर बजार बढेकाे माैकामा साल्ट ट्रेडिंगकाे सेयरमा कर्नरिंग भएकाे अनुमान गर्छन् । यतिखेर साल्ट ट्रेडिंगकाे सेयरकाे मूल्य लगातार सर्किट लाग्ने गरी बढ्नु पर्ने कुनै कारण छैन, स्टक ब्राेकर्स  एसाेसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष भरत रानाभाट भन्छन्, कर्नरिंग गर्नेहरूले बजारबाट धमाधम सेयर उठाइरहेका छन्। लगानीकर्ताहरू सचेत हुन जरूरी छ ।
बजारमा अन्य समुहमा पर्ने युनिलिभरकाे जस्तै मूल्य पुर्याउने भनेर बजार हल्ला चलाएर साल्ट ट्रेडिंगकाे मूल्य बढाइएकाे छ । यस समुहमा यिनै दुइ कम्पनी छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको