Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार १९ सयभन्दा बढी संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १६ : ०८ मा प्रकाशित

शुक्रबार १९ सयभन्दा बढी संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - शुक्रबार देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ७ सय ६७ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको