Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, ०९ : १३ मा प्रकाशित

कुमारी बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

फोटो फाइल 

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडले बीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल,  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०।८५ प्रतिशतका दरले बोनस शेयर र ३।१५ प्रतिशतका दरले नगद लाभांश ९कर समेत० वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको