दिनिता लामिछाने
काठमाडौं–मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरु पाउनेछन् ।
नयाँ डेटा प्याकहरु विहिबारदेखि लागु भएको छ । योजनाअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रतिएमबि सम्ममा डेटा सेवा लिन सक्नेछन् । ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याकमध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकताअनुसार जति पटक पनि खरिद गर्न सक्छन् ।
अल टाइम डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, १ सय रुपैयाँमा ३ सय एमबि, १ सय ५० रुपैयाँमा ६०० एमबि र २ सय ५० रुपैयँमा १२०० एमबि डेटा खरिद गर्न सक्नेछन् । डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याकभन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउने छन् ।
अर्थात् डे डेटा प्याकअन्तर्गत ग्राहकले मात्र २५० रुपैयाँमा २४०० एमबि डेटाको मजालिन सक्नेछन् । त्यस्तै नाइट प्याकअन्तर्गत ग्राहकले २५० रुपैयाँमा ४८०० एमबि डेटा लिन सक्नेछन् । यसरी डे डेटा प्याकअन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रतिएमबिसम्ममा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले ६ पैसा प्रतिएमबिसम्ममा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् ।
३०० एमबि, ६०० एमबिर १२०० एमबिका प्याकहरुको समयावधि ३० दिन रहेको छ । यस्तै २५ एमबि र ६० एमबिका प्याकको समयावधि ३ दिनको रहनेछ । ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुचपुर्याई त्यसबाट लाभलिन मद्दत पुर्याउने विश्वास छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । यो अफर ९० दिनको लागि हुने एनसेलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस