Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि यी ३ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, ११ : ५० मा प्रकाशित

आजदेखि यी ३ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लिलाम बढाबढ गरी बिक्री गर्न लागिएकाे संस्थापक समूहकाे शेयर आजबाट खुल्ला भएकाे छ । बैंकले उक्त ३ कम्पनीका संस्थापक शेयरहरु लिमामी प्रक्रियामार्फत आज  (मंसिर ७ गते, आइतबार) बाट  बिक्रीका लागि खुल्ला गरेको हो ।

जसअन्तर्गत नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९३ हजार १ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ४० हजार ८ सय कित्ता संस्थापक समूहकाे शेयरहरू रहेका छन्  ।

लगानीकर्ताले लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम सबै कित्ताको लागि आज (मंसिर ७ गते, आइतबार) बाट मंसिर १० गते बुधबारसम्म बोलपत्र पेश गर्न सकिनेछ  ।

उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् ।


कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको