Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोपावरको नाफा बढ्यो (विवरणसहित)

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १५ : ५७ मा प्रकाशित

रसुवागढी हाइड्रोपावरको नाफा बढ्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौँ - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले पहिलाे त्रैमासमा ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी एक करोड ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

कम्पनीले विद्युत उत्पादन सुरु गरिसकेकाे छैन ।असाेज मसान्तसम्ममा कम्पनीले अन्य स्रोतबाट १ करोड २८ लाख ३३ हजार रूपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ हुँदा जगेडा कोष भने १९ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८० पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको