Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर १६६९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १६ : २४ मा प्रकाशित

आइतबार देशभर १६६९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं - आइतबार  काठमाडौं उपत्यकामा ९५७ सहित देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २०  हजार ३०८  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या  १  लाख ९९ हजार ३२४  पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९  हजार ९६३ रहेको छ । संस्थागत आइशोलेसन ६ हजार ३५१ र होम आइसोलेसनमा १३ हजार ६१२ जना रहेका छन् । यस्तै आइसियुमा २६९ र भेन्टिलेटरमा ६६ जना संक्रमितको उपचार भइरहेको  छ ।  यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ६८६  जना रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको