Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १० : ५४ मा प्रकाशित

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधबार) सम्म रहेको छ  ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर ११ गते, बिहीबार) बुक क्लोज गर्दैछ  । त्यसैले, आज (मंसिर १० गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार हुँदैछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी ११ प्रतिशत लाभांश वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको