गत आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्म निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूले ११.१७ प्रतिशत कर्जा प्रवाह बढाएका छन् । यो अवधिमा २० वाणिज्य बैंकहरूले कूल २ खर्ब ३१ अर्ब १ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो ।
पछिल्लो समय अधिकांश बैंकहरूले निर्माण क्षेत्रतर्फ लगानी बढाएका छन् । निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक अगाडि रहेको छ । बैंकले यस क्षेत्रमा २७ अर्ब २९ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशतले वृद्धि हो ।
कुन बैंकको लगानी कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस