Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, १८ : २९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्लाप्रहरी कार्यालय प्रमुख एस.पी. जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरकोउद्घाटन गर्नुभएको छ । 

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएकोहो ।

बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवालिने सेवा ग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवाप्रदानगर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखासहित २३९एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क  कार्यालय मार्फत आफ्ना २१लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दैआइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको