Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १२ : ३८ मा प्रकाशित

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ ।  बैंककाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २२औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसअघि कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा गरिने भनिएकाे सभा कोरोना संक्रमण र चाडपर्वको कारण स्थगित गरिएकाे थियाे ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रस्तुत गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र ३.७३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको