Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०७ : ५३ मा प्रकाशित

कुमारी बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंककाे १०.८५ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरिएको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे बीसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, साेमबार हुँदैछ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट सेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको