Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोले बोनस सेयर र नगद लाभांश दिने

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, ११ : १२ मा प्रकाशित

सानिमा माई हाइड्रोले बोनस सेयर र नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं–  सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश घोषणा गरिएको छ ।कम्पनीको हिजो मंसिर १५ गते  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

त्यसैगरी, कम्पनीले पुस २३ गते बिहीबार कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको