Like us!
Follow us!
Connect us!
Watch us!

नायिका श्वेता खड्काले मंसिर २२ गते लगनगाँठो कस्दै

अर्थ संसार

विहीबार, १८ मंसिर २०७७, १३ : ०७ मा प्रकाशित

नायिका श्वेता खड्काले मंसिर २२ गते लगनगाँठो कस्दै

अर्थ संसार, काठमाडौं - नायिका श्वेता खड्का मंसिर २२ गते बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । नायिका खड्का धनगढीका विजयेन्द्र सिंह रावतसँग बैबाहिक जीवनमा बाँधिन लागेकी हुन्   । 

 केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको बैबाहिक बन्धनमा बाँधिन लागेकी हुन्  । उनीहरुले गोकर्ण फरेष्ट रिसोर्टबाट बिवाह गर्दै छन्  । मंसिर २२ गते  बिहे गर्ने पक्का भएसँगै नजिकका आफन्त र साथीभाइलाई  बिहेका लागि निम्तो कार्ड समेत बाडिएको छ ।

चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी  श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनामै  श्रीकृष्णको मृत्यु भएको थियो । बोन क्यान्सरबाट पिडित श्रेष्ठको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । 

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको