अर्थ संसार, काठमाडौं - सविआईएल क्यापिटल लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष पारस कुमार काफ्लेको अध्यक्षतामा आज  संस्थाकोचौधौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६।७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । 
त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७७।७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साविकका लेखा परिक्षक सुबोध एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ । 
साथै, आर्थिक वर्ष २०७६।७७ को संचित मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई संचालक समितिले प्रस्ताव गरे बमोजिम दश प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस