Like us!
Follow us!
Connect us!
Watch us!

सिबिआईएल क्यापिटलको स्वतन्त्र सञ्चालक नियुक्त

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १५ : २२ मा प्रकाशित

सिबिआईएल क्यापिटलको स्वतन्त्र सञ्चालक नियुक्त

सिबिआईएल क्यापिटल लिमिटेडको पौष २४ गते बसेको १०५ औं सञ्चालक समितिको बैठकले साविकका स्वतन्त्र सञ्चालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको छ ।

स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ वर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने स्वतन्त्र सञ्चालक अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ वर्ष भन्दा बढीको अनुभव रहेको छ । संस्थाको पौष २६ गते बसेको १०६ औं सञ्चालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र संचालकहरुको स्वागत तथा साविकका स्वतन्त्र सञ्चालकहरुलाई बिदाईको कायक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडका तर्फबाट सञ्चालकहरु पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र सञ्चालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको