Like us!
Follow us!
Connect us!
Watch us!

सिबिआईएल क्यापिटलकाे साधारण सभा सम्पन्न, २५% लाभांश पारित

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, ०५ : ५४ मा प्रकाशित

सिबिआईएल क्यापिटलकाे साधारण सभा सम्पन्न, २५% लाभांश पारित

सिबिआईएल क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा हिजाे (कार्तिक ५ गते, शुक्रबार) सम्पन्न भएकाे छ । कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको