Like us!
Follow us!
Connect us!
Watch us!

सीबीआइएल क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १० : ५९ मा प्रकाशित

सीबीआइएल क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

सीबीआइएल क्यापिटलले वार्षिक साधारण सभा डाकेकाे छ ।  कम्पनीकाे भदाै २७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साेर्हाैँ वार्षिक साधारण सभा असाेज २८ गते,कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन । 

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीले १४ असोजमा बुक क्लोज मिति तोकेको छ । यसर्थ, १३ असोजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको