Like us!
Follow us!
Connect us!
Watch us!

सिबिआईएल क्यापिटलले २५% लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ११ : २५ मा प्रकाशित

सिबिआईएल क्यापिटलले २५% लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

सिबिआईएल क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे भदाै ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा कार्तिक ५ गते, शुक्रबार क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

साधारण सभा प्रयोजनको लागि क्यापिटलले असाेज २० गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । त्यसैले, असाेज १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र  उक्त सभामा भाग लिन तथा प्रस्तावित नगद लाभांश पाउनेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6152ac557573b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको