Like us!
Follow us!
Connect us!
Watch us!

नगद भुक्तानी लिन बाँकी रहेका शेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तको जरुरी सूचना

अर्थ संसार

आइतबार, २१ मंसिर २०७७, ०७ : १८ मा प्रकाशित

नगद भुक्तानी लिन बाँकी रहेका शेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तको जरुरी सूचना

अर्थ संसार, काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद भुक्तानी लिन बाँकी रहेका शेयरधनीहरुलाई जरुरी सूचना प्रकाशन गरेको छ ।

संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको भन्दै उक्त नगद लाभांश नलिएका सेयरधनीहरु तथा आफ्नो सेयर बिक्री गरिसकेका तत्कालिन सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रको साथमा संस्थाको सेयर रजिष्टर कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश बुझिलिन अनुरोध गरेको छ ।

अन्यथा, कम्पनि ऐन, २०६३ बमोजिम पाँच वर्षभन्दा पुरानो सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा  जम्मा हुने जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको