अर्थ संसार, काठमाडौँ -  बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र आज (मंसिर २४ गते, बुधबार) बाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।
बैंकले १० वर्ष अवधिकाे लागि “१०.२५ प्रतिशत बि.अाे.के डिबेन्चर २०८६” नामक १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे हो ।जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ ।
यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३२ हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 
लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र ढिलोमा पुस ८ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे । 
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस