Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको लिलामी शेयरको बोलपत्र शुक्रबार खोलिने

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, १४ : ०२ मा प्रकाशित

समृद्धि फाइनान्सको लिलामी शेयरको बोलपत्र शुक्रबार खोलिने

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडको लिलामी सेयरमा परेका बाेलपत्रहरू मंसिर २६ गते, शुक्रबार खाेलिने भएकाे छ । कम्पनीले मंसिर १० गते, बुधबारबाट मंसिर १७ गते बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको सेयरमा परेका बाेलपत्रहरू शुक्रबार खोलिने भएको हो ।

उक्त बाेलपत्रहरू शुक्रबार दिउँसाे १:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडाैँमा खाेलिनेछ ।

कम्पनीले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको