Like us!
Follow us!
Connect us!
Watch us!

चेपाङ किशोरीहरुको  सुबिधा सम्पन्न छात्राबास बन्ने

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, १८ : २७ मा प्रकाशित

चेपाङ किशोरीहरुको  सुबिधा सम्पन्न छात्राबास बन्ने

अर्थ संसार, गजुरी धादिङ  -  धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ को हाँगेटारमा चेपाङ किशोरीहरुको लागि निर्माण गर्न लागेको आवासिय चेपाङ छात्राबास भवन शिलन्यास बुधबार सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट,फ्रान्ससँगको साझेदारीता तथा जिल्ला समन्वय समिति धादिङ,गजुरी गाउँपालिका धादिङर नेपाल चेपाङ संघधादिङको समन्वयमा निर्माण गर्न लागेको ३० जना बस्ने क्षमता भएको छात्राबास भवन जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बुधबार शिलन्यास गर्नु भएको हो । 

प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,उपाध्यक्ष सीता ढुङ्गाना,नेपाल चेपाङ  संघका सचिब कृष्ण बहादुर चेपाङ,पत्रकार महासंघका अध्यक्ष नबराज छत्कुली,लगायत पत्रकार तथा अन्य समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ४।५ रोपनी क्षेत्रफलमा छात्राबास भवन,भान्सा तथा डाईनिङ भवन,पुस्तकालय तथा पढाइ भवन,पाले घर सहितको भवन १ करोड १५ लाखको लागतमा निर्माण गर्न लागिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।

बिकट भौगोलिक स्थानबाट उच्च शिक्षा हाँसिल गर्न आउँदा बसाई व्यवस्थापन गर्न सहजताको माध्यमबाट चेपाङ किशोरीहरुको शैक्षिक विकास सहकार्य गरिएको पनि कार्यकारी निर्देशकले जानकारी दिनु भयो । भवन निर्माण पश्त्रात पनि किशोरीहरुको लागि शैक्षिक विकासमा सहयोग गरी शिक्षको माध्यजबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने पनि निर्देशक अर्याले बताउनु भयो । बुधबार गजुरीमा शिलन्यास भएको छात्राबास भवन  २०७८ जेठ मशान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी जी।ए बिल्र्डस् काठमाडौंका कार्यक्रम संयोजक गोबिन्दराज रेग्मीले बताउनु भयो ।

छात्राबास भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपालले चेपाङ किशोरीहरुको शैक्षिक विकासमा योगदान गर्ने बताउँदै निर्माण पश्चात व्यवस्थित रुपमा संचालनमा चेपाङ संघ र गजुरी गाउँपालिकाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

यसै गरी गजुरी गाउँपालिका अध्यक्ष । गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले भौगोलिक बिकट स्थानबाट उच्च शिक्षाको लागि आएका चेपाङ किशोरीहरुको पढाईमा सहयोगको लागि विकास साझेदारहरुसँगको समन्वय तथा सहकार्यमा  निर्मित छात्राबास भवनको सहि प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा १६ दिने लैगिक हिंसा बिरुद्धको दिवसको अवसर पारेर लैगिकतामा आधारित मुद्धाहरुमा समुदाय शसक्तिकरण सहयोगी सामाग्री नामक पुस्तकको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिसस प्रमुख जनन्नाथ नेपाल र गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बिमोचन गर्नु भएको गजुरीबाट प्रयास नेपाल धादिङक सामाजिक परिचालक सुमित्रा चेपाङले जानकारी दिनु भयो ।

यो पनि हेर्नुहोस् 

धादिङमा न्याय नपाएपछि पेम कुमारी  काठमाडौंमा | 'ह्वासिङ सिमेन्टमा विद्युत लैजान मेरो जमिनको जथाभावी प्रयोग'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको