अर्थ संसार, काठमाडौँ -  एनएमबि बैंक लिमिटेड ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को ढोकामा पुगेको छ ।
बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेकाे हो। 
बैंकले ७ वर्ष अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ‘७ वर्ष, ८ प्रतिशत एनएमबि ऋणपत्र २०८४/८५’ नाम गरेकाे २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न मंसिर २३ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  १२ लाख कित्ता बिक्री गर्नेछ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस