Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक डिबेञ्चर–२०८७ को विक्री प्रबन्धक नियुक्त

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, १८ : २० मा प्रकाशित

प्रभु बैंक डिबेञ्चर–२०८७ को विक्री प्रबन्धक नियुक्त

अर्थ संसार, काठमाडौं– प्रभु बैंकले  एक हजार दरको १० वर्षको भुक्तानी अवधिकालागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्न मेगा क्यापिटल मार्केट्स लाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर  गरे । 

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र  सार्वजनिक निष्काशन गर्न लागेको हो ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता बिहीबार नै भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको