Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, ११ : ०३ मा प्रकाशित

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले बाईसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार बैंकको उक्त सभा पुस २ गते बिहिबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरा, कास्कीमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्हिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, नाफानोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लयायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर स्वीकृत गरिनेछ ।

बैंकले साधरण सभा प्रयोजनको लागि असोज २२ गते बी बुक क्लोज गरिसकेको छ । त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको