Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, १४ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्  । 

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको