अर्थ संसार, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख ४६ हजार ६ सय ९४ जना पुगेकाे छ ।
त्यसैगरी, शुक्रबार थप एक हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेकाे छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा  ५१९ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६७४ पुगेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस