अर्थ संसार, काठमाडौँ- काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।
कम्पनीकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५७० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा पुस १२ गते आइतबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।
सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस