चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अवधिमा चिलिमे हाइड्रोपावरले ४९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ४८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४.७२ प्रतिशतले बढेको छ । गत वर्ष ६१ करोड २० लाख रुपैयाँ विद्युत बिक्रीबाट हुने आम्दानी गरेको यसले अहिले बढाएर ६४ करोड पुर्याएको छ ।
हाल ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.२१ रुपैयाँ रहेको छ ।
कम्पनीले सान्जेन जलविद्युत् आयोजना, रसुवागढी हाइड्रोपावर तथा मध्यभोटेकोशीजस्ता ठूला आयोजनामा समेत लगानी गरेको छ । यी तीनै आयोजना करिब सम्पन्न भएका छन् । तीनै आयोजनामा प्रशारणलाइन तथा विद्युत् जडान कार्य भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस