नेपालका हाइड्रोपावर कम्पनीहरुमध्ये चिलिमे हाइड्रोपावर कम्पनी लाभांश वितरणमा अब्बल देखिएको छ । कम्पनीको लाभांश वितरणको १० बर्षको इतिहासलाई हेर्दा आफ्ना सेयरधनीहरुलाई निकै लोभलाग्दो लाभांश वितरण गरिरहेको देखिन्छ । यो १० बर्षमा कम्पनीले सबैभन्दा बढी लाभांश आर्थिक बर्ष २०६७।२०६८ मा गरेको देखिन्छ ।
यो बर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै कम्पनिले यस अवधिमा सबभन्दा कम मुनाफा वितरण आर्थिक बर्ष २०७६/२०७७ र आर्थिक वर्ष २०७२/२०७३ मा गरेको छ ।
यी दुई आर्थिक बर्षमा कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । कम्पनीले बि.स. २०६८ साल जेठमा आईपिओ जारी गरेको हो । कम्पनीले उक्त समयमा ३०८ रुपैया ३६ पैसा प्रिमियमसहित ४०८ रुपैयाँ ३६ पैसामा प्रतिकित्तामा सर्वसाधारणका लागि आईपिओ जारी गरेको थियो ।
यो १० बर्षको अवधिमा कम्पनीले वितरण गरेको बोनस सेयरका कारण त्यसबेला १०० कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरुको सेयर संख्या अहिले बढेर ६५४ कित्ता पुगेको छ ।
१० बर्षअघि यो कम्पनीको १०० कित्ता सेयरमा ४० हजार ८३६ रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सम्पतीको मूल्य अहिले बढेर ४ लाख १५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । अहिले कम्पनीको सेयरको बजार मूल्य प्रतिकित्ता ६३६ रुपैयाँ रहेको छ ।
सय कित्ता सेयर किन्ने कम्पनीका लगानीकर्ताहरुले हालसम्म नगद लाभांशवापत २० हजार रुपैयाभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । कुनै सयममा यो कम्पनीको सेयर मूल्य २ हजार ८ सय रुपैयाँसम्मको हारहारीमा पुगेको थियो ।
यस्तो छ कम्पनीको लाभांश इतिहास
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस