अर्थ संसार, मुस्ताङ- प्रभु बैंक लिमिटेडले आफ्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आप्mनो २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गर्नु भएको हो ।
बैंकको कागवेनीमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी फेन्चोक छेप्तेन गुरुङले प्रभु बैंकले आफ्नो  बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो  शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथाप्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नुभयो । 
बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस