Like us!
Follow us!
Connect us!
Watch us!

व्यक्तिगत ओडी कर्जा लिएर लगानी गर्नेहरुलाई राष्ट्र बैंकको कडाई

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, १० : ३१ मा प्रकाशित

व्यक्तिगत ओडी कर्जा लिएर लगानी गर्नेहरुलाई राष्ट्र बैंकको कडाई

अर्थसंसार,काठमांडौ– नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको व्यक्तिगत ओडी लोनमा कडाइ गर्ने निर्णय गरेको छ । 

व्यक्तिहरुको व्यक्तिगत प्रयोजनका लागि ५० लाख सम्म व्यक्तिगत ओडि लोन दिन सकिने व्यबस्था राष्ट्र बैंकले गरेको तर बिभिन्न व्यक्तिहरुले सस्था पिच्छे यो सुबिधा लिदा बिकृति मौलायको भन्दै केन्द्रिय बैंकले यसलाई कडाई गर्ने निति लिएको हो ।

केन्द्रिय बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत व्यक्तिगत ओडि लोनमा कडाई गर्ने घोषणा गरेको थियो ।  सोहि अनुसार बुधबार साँझ बैंक तथा बित्तिय संस्थाहरुलाई सर्कुलर गरियको जनाइएको छ । 

अब नयाँ नियम अनुसार एक व्यक्तिले जतिवटा बैंक तथा बित्तिय संस्था बाट भए पनि ५० लाख भन्दा बढिको ब्यक्तिगत ओडी लोन लिन पाउनै छैन । जस्तो कुनै बैक बाट क नाम गरेको व्यक्तिले ३५ लाख व्यक्तिगत ओडी लोन लियको छ भने त्यो क भन्ने व्यक्तिले अर्को कुनै बित्तिय संस्था बाट १५ लाख सम्म मात्र लोन सबिधा लिन पाउने छ । 

राष्ट्र बैंकको यो नितिबाट विभिन्न बैंक तथा बित्तिय संस्थाहरु बाट व्यक्तिगत ओडी लोन लिई शेयर कारोबार गर्ने व्यक्तिहरु बढि प्रभाबित हुने अनुमान गरियको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको