अर्थसंसार,काठमांडौ– आज बिहान बसेको मेगा बैंक लिमिटेडको ३०७ औँ सञ्चालक समितीको बैठकले आर्थिक बर्ष २०७६÷०७७ का लागि लाभांश प्रस्ताब गरेको छ ।
आज बिहान ८ बजे देखि १०ः३० सम्म बसेको सञ्चालक समितीको बैठकले असार ३१ गते सम्मको सञ्चित मुनाफा एबम् वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापुँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४१६ रुपैयाँ को कुल ३.०५ प्रतिशतले हुन आउने नगद लाभांश र सोहि चुत्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरकोे बोनस सेयर बितरणका लागि प्र्रस्ताब गरेका हो ।  
प्रस्तावित लाभांश राष्ट्र बैंक बाट स्विकृत पछि १० औं साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने छ ।  
मेघा बैंक द्धारा जारी बिज्ञप्ति
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस