Like us!
Follow us!
Connect us!
Watch us!

यी ७ वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सको अनुमति

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १४ : १५ मा प्रकाशित

यी ७ वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ७ वटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । हिजो (सोमबार) बोर्डले नबिल बैंक, साविक मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्र सम्बन्धि कारोबार गर्न आशयपत्र प्रदान गरेको हो ।

धितोपत्र बोर्डका अनुसार नबिल बैंकले धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको छ । यस्तै, साविक मेगा बैंकले धितोपत्र सम्बन्धि पूर्ण कार्य गर्न मेघा स्टक मार्केट लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको हो ।

सिविआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केविएल सेक्युरिटिज लिमिटेड, एनएमबि बैंकले एमएमबि सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिामा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्र सम्बन्धि सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको