Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र नागरिक एपको सहकार्य

अर्थ संसार

सोमबार, ११ साउन २०७८, २० : ०४ मा प्रकाशित

मेगा बैंक र नागरिक एपको सहकार्य

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । 

नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

मेगा बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्नेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको