Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा , बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, १४ : ४२ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा , बुक क्लोज कहिले ?

 अर्थसंसार,काठमांडौ– स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले पुष २४ गतेका लागि आफ्नो साधारण सभा डाकेको छ । 


लाभांश प्रस्ताब सहित डाकियको साभारण सभा नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा दिउसो १२ः१५ बजे सुरु हुने छ । 


सभाले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र लाभांश कर प्रायोजनका लागि सहित  गरी ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब पनि पारित गर्नेछ । 


साधारण सभा तथा लाभांश बितरण प्रयोजनार्थ बैंकले पुष ९ गते देखि २४ गते सम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार पुष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । 


कोरोनाका कारण सभामा भौतिक रुपमा २५ जना सेयरधनी मात्र उपस्थित हुन पाउने भएकाले अन्य सबै सेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत सहभातिा जनाउन अनुरोध गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको