Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले सेयर बेचेर यही महिना कम्तिमा ६१ कराेड हात पार्दै

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०९ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकले सेयर बेचेर यही महिना कम्तिमा ६१ कराेड हात पार्दै

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले दुइ कम्पनीकाे सेयर बेचेर यही महिना कम्तिमा रूपैयाँ हात पार्ने भएकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी काेष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समुहकाे सेयर पुस ५ गतेदेखि बाेलकबाेलबाट बिक्री गर्ने भएकाे छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १ लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

नागरिक लगानी काेषकाे सेयरका लागि कम्तिमा २ हजार ७ सय ४० रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि कम्तिमा ५ सय २० रूपैयाँ तिर्न कबाेल गर्नेहरूले मात्र आवेदन दिन सक्ने छन् ।

यस हिसावले बैंकले नागरिक लगानी काेषकाे सेयरबाट कम्तिमा ५५ कराेड ५० लाख १४ हजार ४ सय रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरबाट कम्तिमा ६१ कराेड ४४ लाख ५३ हजार ५ सय २० रूपैयाँ हात पार्ने छ । बजारमा नागरिक लगानी काेषकाे संस्थापक सेयरकाे काराेबार भएकाे छैन ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर पछिल्लाे पटक प्रतिकित्ता ४ सय १८ रूपैयाँमा काराेबार भएकाे थियाे । बैंकले ताेकेकाे न्युनतम मूल्यभन्दा वढी मूल्य तिर्न कबाेल गरेर लगानीकर्ताहरूले आवेदन गर्ने निश्चित छ । यस हिसाबले बैंकले राम्रै रकम सेयर बेचेर जम्मा गर्ने देखिन्छ ।

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको