अर्थ संसार,काठमांडौ– नेपाल बंगालादेश बैंकले आफ्नो ३६ औं साधारण सभाको मिति तय गरेको छ ।
पुष ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामि पुष २६ गते भर्चूअल प्रबिधि मार्फत साधारण सभा गर्ने र्निणय गरेको हो । उक्त सभाको प्रत्यक्ष प्रशारण फेसबुकपेज बाट पनि गरिने छ ।
साधारण सभाले बैंकले गत आर्थिक बर्षका लागि तय गरेको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशतले हुन आउने नगद लांभाश ( लांभाश कर प्रयोजनार्थ) पारित गर्ने छ ।
बैठकले पुष १० गतेलाई बुकक्लोजको मिति पनि तय गरेको छ । पुष ९ गते सम्म कायम सेयरधनिहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस