अर्थ संसार,काठमांडौ– संसद बिघटनको प्रस्ताब लिएर राष्ट्रपती कार्यलय पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २३ गते आम निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्रीको प्रस्ताब २३ गते भएपनि बैशाख २९ को बिकल्पका बारेमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । ५ बर्ष सरकार सञ्चालनका लागि जनताले स्पष्ट बहुमतमा साथ नेकपालाई र्निवाचित गरायका थिए ।
नेकपा भित्रको बढ्दो अन्तरसंघर्षका कारण प्रधानमन्त्रीले यो कदम चालेका हुन सक्ने अनुमान गरिएको छ ।
संसदमा आफु बिरुद्ध अविश्वासको प्रस्ताब आउन सक्ने अवस्था देखेपछि ओलीले संसद नै बिघटनका लागि सिफारीस गरेको एक पक्षको दाबि छ ।
ओलीले आफ्नो कुर्चि बचाउन जनताले दिएको जनमतको हत्या गरेको आरोप सत्तारुढ दल नेकपाका नेताहरुले लगायका छन्, अहिलेसम्म सरकारको संसद विघटनको प्रस्ताब राष्ट्रपती कार्यलयबाट अनुमोदन भने भएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस