Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ऋणपमा आवेदन दिने म्याद १० दिन थप

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १२ : १२ मा प्रकाशित

सानिमा बैंकको ऋणपमा आवेदन दिने म्याद १० दिन थप

अर्थ संसार, काठमाडौँ -  सानिमा बैंक लिमिटेडले पाैष १ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपमा आवेदन दिने म्याद थप गरेको छ । यसअघि पाैष ५ गतेसम्म मात्र आवेदन दिन पाइने भनिएकाेमा १० दिन म्याद थप गरिएको हो ।

उक्त ऋणपमा अब पाैष १५ गतेसम्म आवेदन दिन पाइनेछ  । बैंकले पाैष १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते साेमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको