Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको १५.७९ प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १२ : ३६ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको १५.७९ प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार, काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष २ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान १०:३० बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संचालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर  र ०.७९ प्रतिशत (कर प्रयोजनका लागि) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरीनेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको