Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, २१ : ५८ मा प्रकाशित

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन्।  

उहाँले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

मोडर्नाले उत्पादन गरेको खोप उहाँले अमेरिका ल्याएकै दिन लगाउन लाग्नु भएको हो । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।  

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना  भाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

“मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,” उहाँले भन्नुभयो ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाउनु भएको हो । 

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान्ले भने अर्को हप्ता पहिलो पटक खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाउनु भएको छैन । कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उहाँले भने अहिलेसम्म नलगाउनु भएको हो । सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उहाँले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् । 

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आउनु भएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताउनुभएको थियो । तर उहाँले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहनु भएको जनाइएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्नुहुने र त्यो समय आउन सक्ने जवाफ दिनुभएको छ । 

डोनाल्ड ट्रम्पलगायतका कोरोनाभाइरसबाट सङ्क्रमित भएका हजारौँलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइ दिइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको