Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटी मण्डपमा जुत्ताचप्पलको समर मेला, ७० प्रतिशतसम्म छुट

विहीबार, १४ बैशाख २०७४, ०९ : ३३ मा प्रकाशित

दिनिता लामिछाने
काठमाडौ– सस्तोमा जुत्ताचप्पल किन्न चाहनुहुन्छ ? राजधानीको भृकुटी मण्डपमा समर सेल मेला सुरु भएको छ । नेपालका चर्चित ८ वटा व्राण्डहरु रोयल सुज, रन सुज, सम्राट सुज, स्र्माट सुज, सिटिजन सुज,  हाई सुज, कदम सुज, पारागन सुलगायतको सहभागिता रहेको सम्राट सुजका प्रबन्ध निर्देशक प्रमोदकुमार महतोले जानकारी दिए । 

यस प्रर्दशनीमा आकर्षक छुटको ब्यबस्था रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपाने बताए । उनका अनुसार मेलामा ७० प्रतिशतसम्म छुटको ब्यबस्था छ । यस मेलामा १ सयदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पलहरु उपलब्ध रहेको रनका प्रबन्ध निर्देशक न्यौपानेले बताए । 

मेला उपभोक्तालाई सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको छ । मेलामा द सुज प्यालेसमा  आवद्ध कम्पनीहरुको सहभागिता छ । 

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियतसहित आश्चर्यजनक प्रतिस्पर्धी मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको द सुज प्यालेसका  अध्यक्ष रामहरि तोलाङ्गले बताए । 

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागतभन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको छ ।  

मेलामा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोरभन्दा बढी जुत्ता चप्पल बिक्रि गर्ने आयोजकको लक्ष्य छ । मेला बैशाख ३० गतेसम्म चल्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको