Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र महिला उद्यमी महासंघ नेपालबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १५ : ४० मा प्रकाशित

सिटिजन्स बैंक र महिला उद्यमी महासंघ नेपालबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ,नेपालबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

यस सम्झौता पश्चात महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा यस बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ। 

यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुनेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशैभरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको