Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फिनान्सको संस्थापक सेयर लिलामीमा

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १६ : ४७ मा प्रकाशित

मल्टीपर्पस फिनान्सको संस्थापक सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं - मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । कम्पनीले १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर बिक्री गर्ने भएकाे हाे ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले  न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि पुस १७ गतेबाट माघ २ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक सय रूपैयाँ तोकिएको छ ।

त्यसैगरी, उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको