Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सीनर्जी पावर र मल्टीपर्पस फाइनान्सको मूल्य समायोजन, कुनको भाउ कति ?

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १६ : २९ मा प्रकाशित

नेप्सेमा सीनर्जी पावर र मल्टीपर्पस फाइनान्सको मूल्य समायोजन, कुनको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र सीनर्जी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरपछिको मूल्य समायोजन गरिएको हो ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको ३५ प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता ३ सय १८ रूपैयाँ ३७ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ सय ९४ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, सीनर्जी पावरको ५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता २ सय ३ रूपैयाँ ३३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको