Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १० : ३७ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउँछन् ?

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । 

कम्पनीकाे साउन ३ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि श्रावण १२ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, श्रावण ११ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात १:०.३५ सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

64b8be1c82a02.JPG 64b8be228e156.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको